
व्यवसायीको आन्दोलनमा नेपाल स्वतन्त्र यातायात मजदूर संगठनले सहयोग नगर्ने भएको छ । संगठनका अध्यक्ष भीमज्वाला राईले व्यवसायीले सारेको माग मजदुरसँग कुनै सम्बन्ध नरहेको बताए ।
यातायात मजदुरले २०५१ देखि उठाउँदै आएको नियुक्तिपत्रदेखि सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग व्यवसायीले बेवास्ता गरेको र हालै यातायात व्यवस्था विभागले ल्याएको संशोधित कार्यविधि निर्देशिकामा कार्यान्वयन गरेको उनको भनाइ छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्