१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


लोकतन्त्रमाथि खतरा उत्पन्न : देउवा


0
Shares

उनले मुलुकको विकसित राजनीतिक घटनाक्रमले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको स्पस्ट संकेत देखापरिसकेको बताए ।

कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघको ४९औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमाथि देखिएको खतरा सामनाका लागि तयार रहन कार्यकर्तालाई निर्देशनसमेत दिए ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले प्रजातन्त्रमाथि देखिएको चुनौतीलाई डटेर सामना गर्न कांग्रेस एकढिक्का हुनुपर्ने धारणा राखे ।

उनले मुलुकको राजनीतिक अवस्था जटिल बन्दै गएकाले कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी कांग्रेसका अरु नेताहरुले पार्टी र भातृसंगठनभित्रको विवाद तत्काल समाधान गरेर एकजुट नभए आगामी दिन थप चुनौतीपूर्ण बन्दै जाने चेतावनी दिएका थिए ।

कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघको स्थापना वि.सं. २०२६ साल वैशाख ६ गते कांग्रेसका पूर्वसभापति स्व. कृष्णप्रसाद भट्टराईले गरेका थिए ।