१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित


0
Shares

शुक्रबार बिहान ११ बजेबाट बैठक बस्ने भनिएकोमा जिल्लामा रहेका नेताहरु काठमाडौं आउन नपाउँदा बैठक नै स्थगित गर्नुपरेको छ ।

मालिन्दो एअरको विमान दुर्घटना भइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएकाले जिल्लाबाट आउने नेताहरुको उडान प्रभावित भयो । यसैका कारण बैठक आइतबारसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

गत चैत १६ गतेदेखि स्थगित भएको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएपनि बस्न नसकेको हो ।

केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि चैत १६ गतेदेखि बैठक स्थगित गरिएको थियो ।