
काठमाडौं, वैशाख ७ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले ज्येष्ठ नागरिकले उठाउँदै आएका माग पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
अग्रज समाज नेपालले काठमाडौंको नयाँ बानेश्वरमा गरेको ज्येष्ठ नागरिकको भेलामा मन्त्री थापाले अग्रज नागरिकले ब्यहोरिरहेको सार्वजनिक, आर्थिक, यातायातलगायतका समस्या समाधानका लागि सरकारले विधेयक ल्याउन लागेको जानकारी दिइन् ।
कार्यक्रमका सहभागिहरुले अस्थायी सरकारबाट आफुहरुको समस्या समाधान हुन नसकेकोले अबको सरकारले आफुहरुले पाउनुपर्ने सेवा सुविधा लगायतका समस्या पूरा गरिदिने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्