२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राजपा टुक्रियो, राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन


0
Shares

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नयाँ पार्टीको महाधिवेशन नहुन्जेल यादवकै संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको घोषणा गरिएको छ ।

समितिका सहसंयोजकमा रीतेशकुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह तथा सचिवमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दीपेन्द्र यादव एवं सदस्यमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित छन् ।

संयोजक यादवले मधेस आन्दोलनमा ६३ मधेसीले ज्यान गुमाएपनि यसको फाइदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका अध्यक्षमन्डलका ६ जना र उनीहरुका परिवारलेमात्रै पाएको आरोप लगाउँदै ‘राजपाले मधेसी जनताको मूल कार्यसूची छाडेर सत्तामा जाने गृहकार्य गरिरहेकाले’ आफूहरुले नयाँ पार्टी गठन गरेको बताए ।

सहसंयोजक सिंहले पार्टीमा आफू केन्द्रीय सचिव भएपनि अलोकतान्त्रिक प्रणालीबाट अध्यक्षमन्डलले जथाभावी निर्णय गर्ने गरेको आरोप लगाउँदै ‘जुन राजनीतिक विषयका लागि आन्दोलन भएको थियो, त्यसमा पार्टी नेतृत्वले कार्य गर्न सकेन’–भने ।

राजपाबाट ३३ केन्द्रीय सदस्य अलग्गिएर निर्माण भएको नयाँ पार्टीले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई वैचारिक दृष्टिकोणमा समावेश गर्नेछ । रासस