१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


६९८ आरोही हिमाल आरोहणमा


0
Shares

पर्यटन विभागकाअनुसार वैशाख ७ गतेसम्म सगरमाथासहित विभिन्न २२ ओटा हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिइसकेका छन् ।

तीमध्ये सगरमाथा आरोहणका लागि चार नेपालीसहित ३८ ओटा टिमका ३४६ पर्वतारोहीले आरोहण अनुमति लिएका छन् ।

आरोहण अनुमति लिएका धेरै टिम वेसक्याम्प पुगिसकेका छन् भने सम्पर्क अधिकृत पनि खटिएको विभागले जनाएको छ ।

अघिल्लो वर्ष सन् २०१७ को यही याममा १०८ टिमका ८३८ आरोहीले हिमाल आरोहण अनुमति लिएका थिए । त्यसमध्ये ४३ ओटा टिमका ३३६ आरोही सगरमाथा आरोहणमा गएका थिए ।

सगरमाथाबाहेकका अन्य हिमाल आरोहणका लागि अझै केही दिन आरोहण अनुमति दिने बताइएको छ ।

विभागका महानिर्देशक दिनेश भट्टराईले हिमाल आरोहणको याम अझै एक महिना बाँकी रहेकाले सगरमाथाबाहेकका अन्य हिमाल आरोहणका लागि आरोही बढ्ने सम्भावना रहेको बताए ।

सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि ९ टिमका ९६ जनाले अनुमति लिएका छन् ।

यस्तै, कन्चनजंघा हिमाल आरोहण गर्न पाँच टिमका ४४ जना, अमादब्लम हिमालका लागि चार टिमका २८ जना, धौलागिरि हिमालका लागि तीन टिमका ३४ जना र मकालु हिमालका लागि तीन टिमका २७ जनाले आरोहणको तयारी गरेका छन् । रासस