२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


भूकम्पले क्षतिग्रस्त जिल्ला अस्पताल भवन पुनर्निर्माण सम्पन्न


0
Shares

रसुवा, वैशाख १० । २०७२ साल वैशाखमा गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको जिल्ला अस्पताल रसुवाको भवन पुनर्निर्माण भएको छ ।

भूकम्पले पूर्ण क्षति भएपछि टेन्टबाट सेवा प्रवाह गर्दै आएको अस्पतालको २६ कोठे भवन निर्माण भएको हो ।

क्यानेडियन रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी रसुवाले निर्माण गरेको सेमिपरमानेन्ट प्रि फेब्रिकेटेड भवन सोमबार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

त्यसलगत्तै मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय रसुवालाई भवन हस्तान्तरण गरेको छ । अस्पताल परिसरमा ५ करोड ४३ लाख ९३ हजार रुपैयाँको लागतमा ५ वटा भवन निर्माण गरिएको हो ।

अस्पतालको आवास गृह, फर्निचर तथा आवश्यक उपकरणसमेत हस्तान्तरण गरिएको छ । जिल्ला अस्पताल रसुवामा दैनिक २० देखि ५० जना बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।