
नेता नेपालको निवास कोटेश्वरमा सोमबार भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।
नेता नेपालले नेपालको विकासमा चीन सरकारले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि त्यस्तो सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरेका थिए ।
नेपालको आर्थिक विकास र समृद्धिको पक्षमा चीन सरकारको सहयोग महत्वपूर्ण रहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले केरुङदेखि काठमाडौंसम्मको रेलमार्ग आफूहरुको प्रमुख प्राथमिकतामा रहेको बताएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्