२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘सिन्डिकेट’ असार मसान्तसम्ममा पूर्णरुपमा खारेज : मन्त्री महासेठ


0
Shares

सोमबार काठमाडौंमा गरिएको साक्षात्कार कार्यक्रममा मन्त्री महासेठले यातायात व्यवसायीलाई नवीकरणका लागि तीन महिनाको समय दिएको भन्दै त्यसअवधिमा यातायात व्यवसायीले कम्पनीमा दर्ता हुनुपर्ने प्रस्ट गरे ।

तीन महिनासम्म पनि कम्पनीमा दर्ता नगरी व्यवसायीहरु आन्दोलनमा लागेमा सरकार वैकल्पिक व्यवस्था गर्न बाध्य हुने चेतावनी उनको छ ।

उनले उपत्यकामा गुड्ने ट्याक्सीलाई पनि कम्पनीमार्फत् आउनुपर्ने व्यवस्था गरिने बताए ।

सिन्डिकेट अन्त्य गर्न यातायात व्यवसायीहरुले पनि सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।