
‘एसियाको नोबल’ भनिने म्यागसेसे पुरस्कार विजेता एवं ताररहित इन्टरनेट सेवा प्रदायक महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र र पुष्पतारा केडिया संस्था एवं बृज सिमेन्ट इन्डष्ट्रि सहकार्य गर्ने भएका हुन् ।
मेकर स्पेसको निर्माणकार्यका लागि बृज सिमेन्टले प्रालिले सिमेन्ट उपलब्ध गराउने भएको हो । यससम्बन्धी बुधबार राजधानीमा समझदारी भएको हो ।
आगामी दिन पनि केन्द्रसँगको हातेमालो श्रृंखला जारी रहने कम्पनीका प्रबन्ध निर्देशक मनोज केडियाले बताए ।
प्रतिक्रिया दिनुहोस्