
पाल्पा, बैशाख १३ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुबै देशबीच भएका सहमति व्यवहारिक रुपमा कार्यान्वयन गराउने दिशामा काम हुने बताएका छन् ।
उनले कृषि साझेदारी र रेल सम्भाव्यता अध्ययनका विषयमा सम्झौता गर्ने तयारी भइरहेको जानकारी पनि दिए ।
पाल्पामा एमाले पाल्पाले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय श्रमिक दिवश वा बैशाख २२ गते माक्र्सको जन्मदिनको दिन पारेर एमाले र माओवादी पार्टीबीच एकता घोषणा गर्ने गरी तयारी भएको पनि बताए ।
मन्त्री ज्ञवालीले पार्टी एकता हुनेमा कुनै शंका नगर्न समेत कार्यकर्तालाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्