
प्रदेश सरकारका आर्थिक मामला तथा योजनामन्त्री प्रकाश ज्वालाले बिहीबार प्रदेशसभा बैठकमा १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट पेस गरेका हुन् ।
कुल विनियोजित बजेटमध्ये चालूतर्फ ४३ करोड ८४ लाख ३ हजार अर्थात् ४२.९५ प्रतिशत र पुँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार रुपैयाँ अर्थात् ५७.०५ प्रतिशत रहेको छ ।
प्रदेशको विकास र समृद्धिका लागि कृषि, सिँचाइ, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, साना तथा घरेलु उद्योग, निजी क्षेत्रको विकास, सूचना–प्रविधिको विकास, सामाजिक पुँजीको परिचालन, रोजगारी सिर्जनाजस्ता विषयलाई बजेटमा समावेश गरिएको छ ।
कर्णालीको समृद्धिका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलगायत महत्वाकांक्षी योजनामा पनि बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्