२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘माओवादी युद्ध’मा ध्वस्त भएको साँफेबगर विमानस्थलको पुनर्निर्माण अन्तिम चरणमा


0
Shares

अछाम, बैशाख १४ । २०५८ सालबाट बन्द रहेको साँफेबगर विमानस्थलको धावन मार्ग कालोपत्रे गर्न थालिएको छ ।

चैत ९ गतेसम्ममा काम सकाइसक्नुपर्ने भएपनि ढिलो भएको हो । एक वर्षभित्र सकाउने गरी निर्माणको जिम्मेवारी अमर कन्ट्रक्सनले लिएको थियो ।

काम सक्न ढिलो भएकाले तीन महिना समय थपिएको छ । अब एक महिनाभित्र सबै काम सकाउने ठेकेदारले जनाएको छ ।

२०५८ साल फागुनमा माओवादीले आक्रमण गरी विमानस्थलको टावर ध्वस्त बनाएका थिए ।

त्यसयता विमानस्थल केही समय सञ्चालन भए पनि ०६२ देखिदेखि भने पूर्ण रूपमा बन्द गरिएको थियो ।

अवरुद्ध साँफेबगर विमानस्थल सञ्चालनका लागि सरकारले ११ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

विमानस्थल संचालन नहुँदा हालसम्म थुप्रै गर्भवती महिला र अरु बिरामीले समयमै उपचारका लागि बाहिर जिल्लामा लैजान नसक्दा अकालमै ज्यान गुमाउनु परेको थियो ।

अब त्यस्तो समस्या नहुने आशा जागेको साँफेबगर नगरपालिका वडा नं.४ का वडा अध्यक्ष वालगिरी कुँवरले बताए ।