
डडेलधुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ अन्तर्गत लाकम नजिक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
भागेश्वरको बोगटाबाट सदरमुकाम जाँदै गरेको म १ ज १८० नम्बरको जिप अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खसेको हो ।
दुर्घटनामा मृत्यु हुनेमा भागेश्वर गाउँपालिका ३ का जिपचालक दीपेन्द्र शाही र भागेश्वर ३ का धर्म मडैँ रहेका छन् ।
घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । जिपमा १९ जना यात्रु सवार रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्