२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्वदेशमै रोजगारीको माग गर्दै बेरोजगार युवाहरुद्वारा प्रदर्शन


0
Shares

काठमाडौं, बैशाख १५ । स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै बेरोजगार युवाहरुले काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका छन् ।

रोजगारीकै निमित्त अरब, दुबई, युरोप र अमेरिकालगायतका राष्ट्र जाने बाध्यता तोडेर स्वदेशमै रोजगार उपलव्ध गराउन उनीहरुले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

रोजगारी नभए वेरोजगारी भक्ता पाउनुपर्ने, न्यूनतम ज्याला तीस हजार हुनुपर्ने, अरु राष्ट्रमा युवा बेच्न बन्द गर्नुपर्ने र माटो सुहाउँदो शिक्षा प्रणाली लागू गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गरे ।