७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


नेपाल संवतको उपलक्ष्यमा मोटरसाइकल र्‍याली


0
Shares

काठमाडौं । नेपाल सम्वत् ११३९ को नयाँ वर्षको उपलक्ष्यमा चःमती नेवाः खलले आज शान्ति सद्भाव र शुभकामना मोटरसाइकल र्‍याली निकालेको छ ।

काठमाडौंको चःमतीबाट निकालिएको र्‍याली धादिङको गल्छी हुँदै नुवाकोटको त्रिशूली, बट्टार, ढिकुरे हुँदै कविलाससम्म पुग्ने छ ।

र्‍यालीको उद्घाटन काठमाडौं क्षेत्र नं. ८ का सांसद जीवाराम श्रेष्ठले गरे । र्‍यालीमा १ सय २० वटा मोटरसाइकल सहभागी छन् ।

नेपाल सम्वत्को प्रचारप्रसार गर्दै समाजमा शान्ति सद्भाव कायम गर्ने उद्देश्यले मोटरसाइकल र्‍याली निकालिएको आयोजकले जनाएको छ ।