७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


‘ढिलोचाँडो न्याय पाइनेमा विश्वस्त रहनोस्’


0
Shares

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, कात्तिक ३० । सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री प्रकाश शाहले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकान्डको लामो समयदेखि अनुसन्धान भइरहे पनि त्यसको परिणाम नदेखिएको बताएका छन् ।

दोषी पत्ता लगाइ न्याय दिन माग गर्दै कन्चनपुरमा अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका परिवारसित शुक्रबार भेट गर्दै उनले अहिलेसम्मका अनुसन्धानबाट ठोस परिणाम हासिल नभएको बताए ।

पीडित परिवारलाई स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्दै मन्त्री शाहले ढिलोचाँडो न्याय पाइनेमा विश्वस्त रहन आग्रह गरे ।

त्यसक्रममा निर्मलाकी आमा दुर्गादेवी पन्तले जघन्य घटना निरुत्साहित गर्न प्रदेश सरकारले कडा कानुन बनाउनुपर्ने सुझाव दिइन् ।