
असहमतिका विषयमा सहमति खोज्न बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहमति नभएपछि मस्यौदालाई मतदानबाट टुंगो लगाउनुपर्ने देखिएको हो ।
बैठकपछि सभामुख कृष्णबहादुर महराले अझैपनि सहमतिको सम्भावना रहेको भन्दै सहमति हुन नसके प्रक्रियाबाटै टुंगो लगाइने प्रतिक्रिया दिए ।
समितिका सभापति एवं नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले विगतको संसदीय नियमावलीको अभ्यासलाई निरन्तरता नदिए सहमति हुन नसक्ने बताए ।
समितिका सदस्य तथा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसदीय नियमावलीमा नयाँ–नयाँ अभ्यास गर्न खोजेका कारण विवाद बढेको टिप्पणी गरे ।
विवादित विषयमा सहमति जुटाउन सभामुख महराले राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्नेछन् ।
मस्यौदा समितिको बैठक शनिबार दिउँसो १ बजे बस्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्