७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


वेदब्यासको जन्मस्थान ओझेलमा (भिडियो)


0
Shares

उपेन्द्र खनाल 

तनहुँ, कात्तिक ३० । वेद र पुराण रचनाकार महर्षी वेदब्यासको जन्मस्थान तनहुँको दमौलीस्थित ब्यास क्षेत्रमा उल्लेख्य पर्यटक भित्रिन सकेका छैनन् । धार्मिक र ऐतिहासिक रुपमा महत्वपूर्ण मानिए पनि यस क्षेत्रको संरक्षण र प्रचारप्रसार नपुग्दा पर्यटकको आवागमन अपेक्षित रुपमा कमजोर देखिएको हो ।

हिन्दु धर्मका प्रमुख धर्मग्रन्थ चार वेद र अठार पुराणका रचनाकार मानिने महर्षि वेदब्यासको नाम जहाँतहीँ व्याप्त छ । २८ औँ अवतारका रुपमा कृष्ण द्वैपायनको रुपमा जन्मेका ब्यासको जन्म तनहुँको दमौलीमा भएको थियो ।

विश्वभरका हिन्दुका प्रमुख ग्रन्थ लेखिएको ठाउँले पाएको चर्चा भने यसको महत्वका तुलनामा नगन्यजस्तै छ । यस क्षेत्रको विकास प्रचारप्रसार र स्तरोन्नति गर्न नसक्दा धार्मिक पर्यटक अपेक्षित रुपमा आउन सकेका छैनन् । धार्मिकमात्रै नभई प्राकृतिक रुपमा उत्तिकै सुन्दर यस ठाउँमा पुग्ने जो कोही पनि आनन्दित बन्ने गर्छन् । ब्यास क्षेत्र विकास समितिले यस क्षेत्रलाई चिनाउन धेरै पहल गरे पनि सोचेअनुरुप पर्यटक भित्रिन नसकेको ब्यासका अध्येता काशिनाथ न्यौपाने बताउँछन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्