
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुस्तकको लोकार्पण गरेका हुन् ।
उनले अधिकारीद्वारा लिखित पुस्तक ऐतिहासिक रहेको भन्दै यसले नेपाली राजनीति सूक्ष्मरुपमा बुझ्न गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
राजनीतिक उत्तर–चढाव, घटनाक्रम तथा संविधानसम्मको यात्रामा आधारित अधिकारीको पुस्तक आत्मवृतान्त शैलीमा लेखिएको छ ।
लोकार्पण समारोहमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्