२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अबको पाँच वर्ष सरकार परिवर्तन सम्भव छैन : प्रधानमन्त्री ओली


0
Shares

आइतबार नयाँबानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेतृत्वले गलत क्रियाकलाप गरे पनि त्यसको भागीदार आफू नै हुने भन्दै नेतृत्वको निर्णयको बचाऊ गर्न निर्देशन दिए ।

गलत व्यक्तिका सरुवा र बढुवाका फाइल बोकेर नहिँड्न पनि प्रधानमन्त्रीले सांसदहरुलाई निर्देशन दिए ।

अबको पाँच वर्ष सरकार परिवर्तन सम्भव नभएको भन्दै उनले धेरै विरोध नगर्न नेपाली कांग्रेसलाई चेतावनीसमेत दिए । कसैलाई रहर लाग्दैमा सरकार नबदलिने उनको भनाइ थियो ।

आफूलाई मित्र राष्ट्रहरुसँग सम्बन्ध राम्रो बनाउन नसक्ने आरोप लगाउनेहरुलाई सम्बन्ध सुमधुर बनाएर जवाफ दिएको जिकिर पनि प्रधानमन्त्री ओलीले गरे ।

प्रधानमन्त्री ओलीले एमाले सांसदहरुलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पनि निर्देशन दिए ।