७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


खराब आचरणका प्रहरीलाई कारबाही गर्छु : प्रहरी महानिरीक्षक


0
Shares

साँखु, कात्तिक २९ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारबाही गरिने बताएका छन् ।

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुगेका खनालले भने–‘समाजमा केही खराब मान्छे छन्, जसले प्रहरीलाई कमजोर बनाइ विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुनसक्छ । तर, प्रहरीलाई म कुनै हालतमा सुधार्नेछु ।’

खनालले अपराध रोकथाम गरी समाजमा शान्ति–सुरक्षा र अमनचैन कायम गर्न ल्याइएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी हुने बताए ।

गागलफेदीको चारकोठे अस्थायी प्रहरी बिटको उद्घाटन गर्दै खनालले प्रहरी सेवामा उत्कृष्ट कार्य गरेकामा महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनाललाई नगदसहित पुरस्कृत गरेका थिए । रासस