
काठमाडौं । प्रजातान्त्रिक पार्टी आबद्ध युवा नेताहरुको बिश्व सम्मेलन फिनल्याण्डको राजधानी हिल सिन्किमा सकिएको छ ।
बिश्वकै प्रजातान्त्रिक मुलकका युवा नेताहरुको सहभागिता रहेको चार दिने सम्मेलनमा प्रजातन्त्रमा युवाहरुको भूमिकाको बारेमा छलफल भएको हो ।
सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सचिव हिक्मतजंग कार्की र सागर थपलियाले प्रतिनिधित्व गरेका छन् ।
कार्कीले नेपालको तर्फबाट नेपालको समसामयिक राजनीतिक अवस्था, मानवअधिकार र प्रजातन्त्रको बारेमा युवाहरुको तर्फबाट धारणा राखेका छन् ।
नेपालका युवाहरुको अवस्था, भोग्नु परेका समस्या र बेरोजगारीको अवस्थाको बारेमा पनि कार्कीले जानकारी गराए ।
उनले नेपालमा भई रहेको बिकासको अवस्था र आर्थिक समृद्धिको सम्भावना र चुनौतिको बारेमा पनि धारणा राखेका थिए ।
सम्मेलनमा बिश्वका एकसय भन्दा बढी मुलुकका युवाहरुको सहभागिता थियो । भेलामा फिनल्याण्ड घोषणापत्र समेत जारी भएको छ ।
प्रतिक्रिया दिनुहोस्