
बैतडी । बैतडीको पर्यटकीय स्थल त्रिपुरासुन्दरी भगवती मन्दिरमा भव्य मेला सुरु भएको छ ।
सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्यमा पर्न सफल त्रिपुरासुन्दरी भगवती मन्दिरमा आजदेखि मेला सुरु भएको हो ।
दशरथचन्द नगरपालिका–८ स्थित त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेका जात्रा भर्न हजारौं मानिस सहभागी भएका छन् ।
त्रिपुरासुन्दरीको दर्शन गरे मनोकामना पूरा हुने, दुष्टको मानमर्दन हुने, निर्धा र गरीवको कल्याण हुने जनविश्वास रहँदै आएको छ ।
मेलालाई व्यवस्थित र मर्यादित बनाउन मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको त्रिपुरासुन्दरी मेला ब्यवस्थापन समितिका अध्यक्ष गणेशसिंह थापाले जानकारी दिए ।
मेलामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत हजारौं श्रद्धालु उपस्थित हुने मेला व्यवस्थापन समितिले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पर्यटन विकासका लागि छनोट गरेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यमा बैतडीको त्रिपुरासुन्दरी पनि परेको छ ।
प्रतिक्रिया दिनुहोस्