२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सांसदले भने–‘किसानलाई राहत दिइयोस्’


0
Shares

उनले बलात्कार गर्ने अपराधीमाथि कडाभन्दा कडा कारबाही गर्नसमेत माग गरिन् ।

सांसद देवेन्द्रराज कँडेलले भारतीय प्रधानमन्त्रीको आसन्न नेपालको भ्रमणकाबारेमा सरकारले सदनमा जानकारी दिन माग गर्दै नेपाल र भारतबीच विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गरे ।

सांसद सुदन किरातीले संखुवासभा जिल्लावासीलेजस्तै अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्राप्त हुने लाभ भोजपुर जिल्लावासीले पनि पाउनुपर्ने माग गरे ।

सांसद राजकिशोर यादवले तराईमा वर्षात्का समयमा बाढी तथा हिउँदमा हावाहुरीका कारण हुने आगोलागीको चपेटालाई अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद उमाशंकर अरगरियाले मंगलबार राति आएको हावाहुरीले प्रदेश नम्बर–२ का अधिकांश जिल्लामा खेतीबाली नस्ट पारेको किसानलाई राहत दिन माग गरे ।

सांसद प्रेम सुवालले तराई–मधेसमा मंगलबार राति आएको हावाहुरीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै किसानलाई राहत दिन र भारतीय प्रधानमन्त्रीको आसन्न नेपाल भ्रमणकाबारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद नरबहादुर धामीले भारतीय नेसनल पार्कमा खटिएका भारतीय सुरक्षाकर्मीले कन्चनपुरको पुुनर्वासका स्थानीयवासीमाथि अभद्र व्यवहार गरेको भन्दै ‘यस्तो प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ’–भने । रासस