२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशसहित विभिन्न अध्यादेश स्वीकृत


0
Shares

गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सो अध्यादेश सदनसमक्ष प्रस्तुत् गरेका थिए ।

यसैगरी, बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ र ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७५’ लाई बहुमतले स्वीकृत गर्‍यो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सो अध्यादेश सदनसमक्ष प्रस्तुत् गरेका थिए ।

बैठकले कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री तामाङद्वारा प्रस्तुत् ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५’ लाई पनि बहुमतले स्वीकृत गरेको छ । रासस