७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


‘सरकारले जनउत्तरदायी भएर सूचनाहरु सम्प्रेषण गर्नुपर्छ’


0
Shares

काठमाडौं, कात्तिक २८ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले लोकतान्त्रिक सरकारले जनउत्तरदायी भएर सूचनाहरु सम्प्रेषण गर्नुपर्ने बताएका छन् ।

मन्त्रिपरिषदले गरेका निर्णयहरु तत्काल सार्वजनिक नगरी अनौपचारिकरुपमा सम्प्रेषण हुने अवस्था आउनु लोकतान्त्रिक व्यवस्थामा नसुहाउने उनको भनाइ छ ।

बुधबार हामीसित कुराकानी गर्दै उनले संविधानको धारा २७ ले सूचना पाउने हकको ग्यारेन्टी गरेकाले त्यसप्रति सरकार गम्भीर बन्नुपर्ने बताए ।