२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतीय सांसद आजादको अभिव्यक्तिप्रति कांग्रेसद्वारा घोर निन्दा र भर्त्सना


0
Shares

दुई देशबीच सदियौंदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पुर्‍याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधिनता, अखन्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको कांग्रेसको ठहर छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला भारतीय सांसद आजादले नेपालको अखन्डतामाथि प्रहार हुने अभिव्यक्ति ट्वीट गरेका थिए ।

भारतीय सांसद आजादको उक्त आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्तिको कांग्रेसले घोर निन्दा र भर्त्सना गर्दै स्वतन्त्र, सार्वभौम, स्वाधीन राष्ट्र नेपालको विषयमा आएको आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्ति नेपालका लागि सह्य हुन नसक्ने जनाएको छ ।

कांग्रेसले यस सम्बन्धमा नेपाल सरकारले तत्कालै भारत सरकारसँग कूटनीतिक पहल गर्न माग गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस