
८ महिनाभन्दा लामो समयदेखि चलेको एकता प्रक्रिया बिहीबार टुंगोमा पुग्ने दावी नेताहरुले गरेका छन् ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले दुई पार्टी एकीकरणको घोषणा बिहीबार गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान बस्ने दुई पार्टीबीचको एकता संयोजन समितिको बैठकले एकीकरणको अन्तिम निर्णय गर्ने र त्यसपछि दुवै पार्टीका केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरेपछि घोषणा गरिने बताइएको छ ।
बिहीबार नै ‘नेपाल कम्युनिष्ट पार्टी’ नामको नयाँ पार्टी निर्वाचन आयोगमासमेत दर्ता गर्ने दावी पनि गरिएको छ ।
नयाँ पार्टीको चुनाव चिह्न सूर्य हुनेछ भने केन्द्रीय समिति ४४१ सदस्यीय हुने पनि जनाइएको छ । जसमा एमालेबाट २४१ र माओवादीबाट २०० जनालाई समेटिनेछ ।
यस्तै, नयाँ पार्टीको स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ गरी ४३ सदस्यीय रहने जानकारी पनि नेताहरुले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्