
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बुधबार साँझ बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष दाहालले पार्टी एकताबारे रिपोटिङ गरेका थिए ।
बैठकबारे जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भनिन्–‘पार्टी एकता संयोजन समितिको बैठक बसेर बिहीबार पार्टी एकता गर्ने निर्णय भएको छ ।’
पार्टी एकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई बैठकले पारित गरेको उनले जानकारी दिइन् । रासस
प्रतिक्रिया दिनुहोस्