२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको खुशीयालीमा बालुवाटारमा ओली र दाहालद्वारा वृक्षारोपण


0
Shares

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वृक्षारोपण गरेका छन् ।

मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको खुशीयालीमा दुवै नेताले वृक्षारोपण गरेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले जापानबाट ल्याइएको एक–एकवटा जीनको वाइलोवा नामको बिरुवा रोपेका हुन् । यो विश्वकै पुरानो वनस्पति मानिन्छ ।

पार्टी एकता संयोजन समितिका अन्य नेताहरुले पनि विभिन्न फलफूल तथा जडिबुटीका बिरुवा रोपेका छन् ।