Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


कामचोर ठेकेदारको सूची एक साताभित्र पठाउन गृह मन्त्रालयको निर्देशन


0
Shares

काठमाडौं, जेठ ४ । गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदारको सूची एक साताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

ठेकेदारले समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढेपछि मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी बिहीबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो ।

‘जिल्लास्तरमा सञ्चालित विकास निर्माणका सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै काम सम्पन्न नगर्ने फर्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बरसमेतको विवरण एक साताभित्र तयार गरी मन्त्रालयमा सफ्ट कपीसहित पठाउने,’ जिल्ला प्रशासन कार्यालयहरुलाई पठाइएको परिपत्रमा उल्लेख छ । –नागरिक दैनिकबाट