१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


विकास निर्माणका कामलाई प्रभावकारी बनाउन ध्यानाकर्षण


0
Shares

उनीहरुले विकास निर्माणका कामलाई निर्धारित् समयमै सम्पन्न गर्नेगरी अनुगमनलाई प्रभावकारी बनाउने व्यवस्था गर्न माग गरे ।

सांसद रामनारायण बिँडारीले सडक निर्माणमा ठेकेदार कम्पनीले ढिला गरेकाले जनताले सास्ती झेल्नुपरेको भन्दै समयमा काम नसक्नेलाई कारबाही गर्न माग गरे ।

सांसद दिलकुमारी रावलले समृद्ध राष्ट्र निर्माणका लागि विकास निर्माणलाई प्रभावकारी बनाउन आगामी बजेटमार्फत् विकास निर्माणकार्य तोकिएकै समयमा सम्पन्न गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिइन् ।

सांसद राधेश्याम अधिकारीले दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टीलाई बधाइ दिँदै काठमाडौं उपत्यका र काठमाडौंबाहिर जाने सडक विस्तारकार्य अझै नसकिएको र विस्तार भएका सडक अहिलेसम्म निर्माण हुन नसक्दा जनताले कठिनाइ भोग्नुपरेको हुँदा यसप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद विमला राईले धेरै कानुनसँग संविधान बाझिनसक्ने भएकाले यसको निर्क्योल गरेर तत्काल नयाँ कानुन निर्माण प्रक्रिया अगाडि बढाउन माग गरिन् ।

उनले उच्चस्तरीय भ्रमणमा सुरक्षाका लागि बाहिरबाट सुरक्षाकर्मी ल्याउनु गलत भएकाले भविष्यमा हुने उच्चस्तरीय भ्रमणको सुरक्षाका लागि सुरक्षाकर्मीलाई विशेष तालिम दिएर भएपनि दक्ष बनाउन माग गरिन् ।

सांसद कोमल ओलीले आर्थिक वर्षको अन्त्यमा बजेट खर्च हुँदा विकास निर्माण प्रभावकारी हुन नसकेको, सहरी सडकमा भएको पिचसमेत एक महिनामै भत्किने गरेकाले बजेट खर्च गर्ने नाममा कमजोर निर्माणकार्य नगर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद कविता बोगटीले कर्णालीका धेरै जिल्लाका सदरमुकाममामात्र बैंक भएकाले स्थानीय जनता समस्यामा पर्ने गरेको हुँदा तत्काल ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न सरकारसँग आग्रह गरिन् ।

सांसद रामप्रित पासवानले सीमा अतिक्रमणले नेपाल–भारत सीमा क्षेत्रका जनता समस्यामा परेको उल्लेख गर्दै यसको तत्काल समाधान खोजिनुपर्नेमा जोड दिए ।

सांसद बलराम बाँस्कोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिलाई प्रभावकारी बनाइ हवाई उड्डयनलाई व्यवस्थित र सुरक्षित बनाइनुपर्ने खाँचो औंल्याए ।

यस्तै, सांसद सुरेन्द्रराज पाण्डेले भारतीय सांसदले जनकपुरको विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यस विषयमा सरकारको आधिकारिक धारणा नआउनु दुःखद् भएको बताए ।

सांसद वृशेषचन्द्र लालले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न तीनै तहमा विद्युतीय प्रणालीबाट काम गर्ने व्यवस्था गर्न माग गरे ।

सांसद शिवराम विश्वकर्मा र रामचन्द्र राईले विकासे आयोजनालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ ७ गते ५ः३० बजे बस्नेछ । रासस