
यसक्रममा वागमती नदीको मुहार नै परिवर्तन नभएपनि सुधारका सकारात्मक संकेत भने देखिएका छन् ।
वि.सं. २०७० साल जेठ ५ गतेदेखि सुरु भएको अभियानले पाँच वर्ष पूरा गरेको हो ।
अभियान सुरु भएपछि वाग्मती नदीको मुहार थोरै भएपनि फेरिँदै गएको छ भने अरु नदीको अवस्थामा पनि क्रमशः सुधार भइरहेको छ ।
यसक्रममा अहिलेसम्म वाग्मती नदीबाट १८ हजार मेट्रिकटन फोहोर निकालिएको छ । कुनैबेला नदीकिनार भनेको फोहर थुपार्ने स्थानकारुपमा विकास भएको थियो ।
तर, सरसफाइ अभियानमा निरन्तरता हुनथालेपछि परिवर्तनका केही संकेत देखापर्न थालेका छन् ।
काठमाडौंबाट सुरु भएको वाग्मती सफाइ अभियानको सिको गर्दै देशका अरु नदी तथा सहरको सफाइ अभियान पनि थालिएको छ ।
यद्यपि, प्लास्टिक टिपेरमात्र नदी सफा हुन्छ भन्ने सोचलेमात्र अभियानले पूर्णता पाउन भने सक्दैन । नदीलाई पूर्णरुपमा सफा राख्ने हो बस्तीबाट निस्कने ढलजन्य पदार्थलाई नदीमा मिसिनबाट रोक लगाउनु अतिआवश्यक देखिन्छ ।
वाग्मती नदीको स्वच्छता र वातावरणीय सन्तुलन कायम गर्न पाँच वर्षसम्म धेरै संघ–संस्था एवं व्यक्तिहरुको संलग्नता भइसकेको छ ।
आमनागरिकले सोचेजस्तो वाग्मतीको रुप नभएपनि आगामी तीन वर्षभित्र सुन्दरीजलदेखि चोभारसम्म वाग्मती पूर्णरुपमा ढलरहित, स्वच्छ र सफा हुने अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिको दावी छ ।
कुनैबेला फोहरको लेदोमात्र बग्ने वाग्मती नदीमा परिवर्तन भने पक्कै आएको हो । नदीभित्र र बाहिरका फोहरलाई उठाएर अभियान थालिएको आधा दशक पूरा भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्