२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सन्चालन


0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सोमबार दैनिक २१ घन्टा सेवा सन्चालनको शुभारम्भ गर्दै यसले उडान सेवामा सहजता ल्याउने विश्वास व्यक्त गरे ।

दैनिक बिहान ६ बजेदेखि राति १२ बजेसम्म गरी १८ घन्टा सन्चालन हुँदै आएको विमानस्थल अब बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म सन्चालनमा आउने भएको हो ।

अब विमानस्थल बिहान ३ बजेदेखि ६ बजेसम्म जम्मा ३ घन्टामात्र बन्द रहनेछ ।

निकट भविष्यमा विमानस्थलले २४ सै घन्टा सेवा दिनुपर्ने पनि मन्त्री अधिकारीले उल्लेख गरे ।

यस्तै, पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले २१ घन्टे सेवाको प्रभावकारिताका लागि चुस्त अनुगमनसमेत गरिने बताए ।

उनले विमानस्थलमा लापरबाही गर्ने कर्मचारीलाई जुनैसुकै बेला पनि कारबाही गर्ने चेतावनी दिए ।

सोमबारैदेखि अग्नि नियन्त्रणका लागि ‘कमान्ड कार’समेत सन्चालनमा ल्याइएको छ ।