
नीति तथा कार्यक्रम सार्वजनिक भएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिनेक्रममा अध्यक्ष दाहालले भने–‘राजनीतिक सहमतिमा संविधान संशोधनको कार्य टुंगोमा पुगिसकेको छ । मधेसवादी दल वर्तमान सरकारमा सहभागी हुन केही प्राविधिक कुरा मिल्नमात्र बाँकी छ, यो पनि छिट्टै टुंगिन्छ ।’
उनले ‘सरकारको नीति तथा कार्यक्रम विगतका निर्वाचनमा सार्वजनिक भएका घोषणापत्रअनुसार आएको छ’–भने ।
पत्रकारको प्रश्नमा उनले जनतासामु गरिएका प्रतिबद्धताअनुसार नै नीति तथा कार्यक्रम आएको बताउँदै संघीयता कार्यान्वयनको विषय तीन तहको संरचनालाई बलियो पार्ने कुरामा समेटिएको स्पस्ट पारे । रासस
प्रतिक्रिया दिनुहोस्