
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा उनले पाँच वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताए ।
उनले चुरे तथा भित्री मधेसका उपत्यकालाई आर्थिक तथा औद्योगिक करिडोरकारुपमा विकास गर्न पूर्व झापाको शान्तिनगरदेखि पश्चिम डडेल्धुराको रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिइने बताए ।
पाँच वर्षभित्र स्थानीय तहका केन्द्रलाई कालोपत्र सडकले जोड्ने, नदी किनारमा सडक निर्माण गर्ने, मेची–महाकाली, काठमाडौं–वीरगन्ज, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनीसम्मको रेलमार्ग निर्माण अघि बढाइने, कोसी, गन्डकी र कर्णाली नदीमा जल यातायात सन्चालन गर्न कानुनी, नीतिगत र संस्थागत व्यवस्था गरिने र यसलाई बजेट अभाव हुन नदिइने उनले स्पस्ट गरे ।
सन्चारकर्मीको जिज्ञासामा उनले ‘यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा काम भएकाले केही समयका लागि बोलाइएको हो, सरुवा गरिएको होइन’–भने ।
मन्त्री महासेठले यातायात क्षेत्रलाई व्यवस्थित गरिने र यातायात विभाग अगाडि अब कुनै भीड नहुने जिकिर गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारको नीति तथा कार्यक्रम प्रचारमुखी रहेको आरोप लगाउँदै यो कार्यान्वयन हुन नसक्ने बताए ।
उनले नीति तथा कार्यक्रममा जनतालाई सपनामात्र बाँड्ने काम भएको आरोप पनि लगाए । रासस
प्रतिक्रिया दिनुहोस्