
झापा, कात्तिक २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको बताएका छन् ।
आइतबार झापाको बिर्तामोडमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले सरकारको गति सुस्त भएको भन्दै गति र शैली पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
विकास र समृद्धिको दिशामा जानुबाहेक सरकारसित अरु कुनै विकल्प नभएकाले सानातिना कुरामा अल्मलिन नहुने नेता खनालको भनाइ थियो ।
उनले पार्टी एकीकरणको लामो समयसम्म पनि तल्लो तहसम्म एकीकरण हुन नसक्दा असन्तुष्टि बढेको भन्दै तत्काल एकीकरणका बाँकी काम सक्नुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्