२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘स्वतन्त्रता आन्दोलनमा नेपालीहरुले पुर्‍याएको योगदान चीरकाल अविस्मरणीय’


0
Shares

जेपी लोहीया रामेश्वर मेमोरियल ट्रष्टले शनिबार सप्तरीको राजविराजमा आयोजना गरेको ‘नेपालको प्रजातान्त्रिक संघर्षमा लोकनायक जयप्रकाशको देन विषयक विचार गोष्ठी’मा उनले यस्तो बताएका हुन् ।

राजदूत पुरीले सहयोग र साथको अतिआवश्यकता रहेको बेला भारतको स्वतन्त्रता आन्दोलनमा नेपाली सपुतहरुले गरेको योगदान असल मित्रताले गर्ने कार्य रहेको उल्लेख गरे ।

नेपाली जनताको हित तथा दुई राष्ट्रबीच व्यापारिक, पारिवारिक र कूटनीतिक सम्बन्ध थप मजबुत् पार्न भारत सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

उनले भारत सरकारले गंगालगायतका नदीहरु हुँदै नेपालको सप्तकोसी नदीसँग जलमार्ग विस्तार गर्ने योजनाबारे अध्ययन गरिरहेको जानकारी पनि गराए ।