२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मुलुकलाई समृद्ध नबनाए जनताले माफी दिँदैनन् : रक्षामन्त्री


0
Shares

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ स्थित तेलकोटमा ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको १३ दिनको पून्यतिथिमा शनिबार आयोजित श्रद्धाञ्जलिसभा कार्यक्रममा उनले मुलुक अब समृद्धि, विकास र प्रगतिपथमा लम्किएको बताउँदै अब कसैगरी पनि आगामी पाँच वर्षभित्र सरकारले देशलाई समृद्ध बनाउने बताए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणबाट नेपाल कम्युनिष्ट पार्टी बन्नुले समृद्धिकै संकेत गरेको चर्चा गर्दै रक्षामन्त्री पोखरेलले यस्तो अवस्थामा पनि मुलुकलाई समृद्ध नबनाए जनताले माफी नदिने बताए ।

निरन्तररुपमा निष्ठावान, आदर्श विचार र सिद्धान्तमा लाग्ने व्यक्तिमात्रै सच्चा कम्युनिष्ट हुने दावी गर्दै उनले सच्चा कम्युनिष्टकारुपमा रहेका लामिछानेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले लामिछानेको सच्चा र आदर्श जीवनको चर्चा गर्दै उनले अबलम्बन गरेको बाटोमा हिँड्नुपर्नेमा जोड दिए । रासस