
धनकुटा, जेठ १३ । निर्माण भएको एक बर्ष नबित्दै पहिरोले झोलुङ्गे पुल बगाएपछि धनकुटाको महालक्ष्मी नगरपालिकाका बासिन्दालाई समस्या भएको छ ।
नगरपालिकाको वडा नम्बर २, ३ र ४ का बासिन्दालाई आवतजावतमा समस्या भएको हो । महालक्ष्मी नगरपालिका–२ मा पर्ने मारेक कटहरेस्थित गौडा खोलामा गतवर्ष १९ लाख रुपैयाँको लागतमा निर्मित ५३ मिटर लामो झोलुङ्गेपुलको बेस र पिल्लर पहिरोसँगै धसिएको छ ।
यो पुल प्रयोग गर्न सक्ने अवस्थामा छैन । लामो समयको पहलपछि झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, जिविस र स्थानीयको लागत सहभागितामा निर्मित पुल बगाएपछि धनकुटाको मारेककटहरे, चानुवा र डाँडाँगाउँका बासिन्दा समस्यामा परेका छन् ।
स्थानीयबासिन्दाले पुनः पुल निर्माणको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्