२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेपाली कामदारसँग लिइएको अतिरिक्त शुल्क हटाउन मलेसियासँग आग्रह


0
Shares

मलेसिया जाने कामदारबाट बायोमेट्रिक, भिएलएन, ओएससी, जिएससी र माइग्रामका नाममा लिइँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने सरकारको निर्णयपछि कामदार र व्यवसायीमा अन्योल देखिएका बेला मन्त्री ज्ञवालीले त्यस्ता शुल्क तत्काल हटाउन आग्रह गरेका हुन् ।

त्यस प्रकारका अवाञ्छित, गैरकानुनी र एकपक्षीय शुल्कले नेपाली कामदारले झन्डै रु १८ हजार रकम तिर्दै आएका छन् ।

मन्त्री ज्ञवालीले नेपाल सरकारले निःशुल्क प्रवेशाज्ञा र निःशुल्क टिकटमा कामदार पठाउन प्राथमिकता दिएको सन्दर्भमा मलेसियामा जाने कामदारमाथि लादिएको अतिरिक्त शुल्क न्यायोचित नभएकाले यस समस्यालाई तत्काल सम्बोधनका लागि सम्बन्धित सरकारको नेतृत्वलाई सन्देश दिन आग्रह गरेका हुन् ।

नेपाल र मलेसियाबीच श्रम सम्झौता गरेर यस समस्याको समाधान गर्न पनि भेटमा कुराकानी भएको मन्त्रालयका सहसचिव भृगु ढुंगानाले जानकारी दिए ।

कार्यबाहक राजदूत इस्मेलले मलेसियाले अन्य मुलुकबाट कामदार ल्याउँदा पनि सोही प्रकारको प्रक्रिया भएको अवगत गराउँदै आफ्नो मुलुकमा नयाँ सरकार आएकाले त्यहाँ सन्देश पुर्‍याउने बताएका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारमाथि लिइएको त्यस्तो शुल्क खारेज गर्न परराष्ट्र मन्त्रालयमार्फत् कूटनीतिक पहल गर्न अनुरोध गरेको थियो । रासस