२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


यी हुन् बजेटका प्राथमिकता


0
Shares

द्रुत आर्थिक विकास गर्दै सुदृढ, स्वाधीन र समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य मंगलबार सार्वजनिक गरिएको बजेटमा राखिएको छ ।

यसैगरी, बजेटले सबै नागरिकलाई काम र रोजगारी अवसर सिर्जना गर्ने, स्वास्थ्य तथा शिक्षालगायतका सामाजिक क्षेत्रको विकासमार्फत् द्रुत मानव विकास गर्ने प्राथमिकता तोकेको छ ।

आधुनिक निर्माणलाई गतिदिन सडक, रेलमार्ग, सिँचाइ, विद्युत्, सहरी पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।

दीगो, फराकिलो, समन्यायिक र उच्च आर्थिक वृद्विदर हासिल गर्न कृषि, जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा पुँजी, प्रविधि र अन्वेषण बजेटका प्राथमिकतामा परेका छन् ।