
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा सुरक्षित आवासको निर्माण आफैंले गर्न चाहेमा जस्तापाता, सहुलियत दरको काठलगायत सामग्री खरिद गर्न रु ५० हजार दिन लागिएको हो ।
भूमिहीन तथा प्रकोपका कारण घरवारविहीन भएकालाई पनि व्यवस्थित बसोबासको व्यवस्था गर्न यो कार्यक्रममा सहभागी गराइने बजेटमा उल्लेख छ ।
संघीय सरकार, स्थानीय तह र सम्बन्धित परिवारको सहभागितामा पराल वा खरको छाना भएका परिवारलाई जस्तापाताको छानामुनि ल्याउने गरी सुरक्षित नागरिक आवास कार्यविधि तर्जुमा कार्यान्वयनमा ल्याइने जनाइएको छ ।
प्रदेश र स्थानीय तहको सहकार्यमा एकपटकका लागि सुकुम्बासीको आवास समस्याको समाधान खोजिने घोषणा सरकारले गरेकोे छ ।
प्रदेश राजधानी र स्थानीय तहको केन्द्र एकीकृत पूर्वाधार विकास गुरुयोजना तयार पार्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
संघीय संसद भवन निर्माणका लागिसमेत बजेटको व्यवस्था भएको छ ।
सम्भाव्यताका आधारमा सहरलाई ‘मेगासिटी’, ‘हरित सहर’ र ‘स्मार्टसिटी’कारुपमा विकास गरिने भएको छ ।
मनोरन्जलगायत अत्यावश्यक सुविधासहितको सहरी पूर्वाधारको निर्माणमा जोड दिने सरकारको प्रतिबद्धता छ ।
ऐतिहासिक एवं सांस्कृतिक महत्वका सहरको पुनरुत्थान गर्न कार्यक्रम सन्चालन गरिने भएको छ ।
तराई–मधेसलगायत २१ जिल्ला सदरमुकाममा पूर्वाधार विकास र सौन्दर्यीकरणका लागि सन्चालित आयोजनाका लागि आवश्यक बजेट विनियोजन भएको छ ।
ललितपुरस्थित साझा यातायातको नाममा रहेको जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने योजना पनि सरकारले अघि सारेको छ ।
बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माण हुने भएको छ ।
उपत्यकामा सभ्यताको स्रोतकारुपमा रहेका वाग्मती, रुद्रमती, विष्णुमती, इच्छुमती, हनुमन्ते, नख्खुखोलालगायत नदीलाई ढल एवं फोहररहित बनाइने भएको छ । यसका लागि रु ३३ अर्ब ३७ करोड ८९ लाख बजेट विनियोजन गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्