
केपी शर्मा ओली नेतृत्वको सरकारले ‘गफ र सपना धेरै बाँडेकाले बजेट पनि सोहीअनुसारको हुन्छ भन्ने अपेक्षा गरिएपनि जनताको मन जित्न नसकेको’ उनको भनाइ छ ।
‘अब त केही हुन्छ कि भन्ने आशा थियो । तर, हात्ती आयो, हात्ती आयो फुस्सा ! यो बजेट कर्मकान्डीमात्रै हो’–बुधबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने ।
स्थीर सरकारले ल्याएको बजेट विगतकै सरकारले ल्याएजस्तो भएको जिकिर उनले गरे ।
‘यो सरकार गफै दिएर खाने रै’छ भन्ने प्रमाणित भयो’–यादवले भने ।
उनले भने–‘आक्रामक र आयतन बढ्नुपर्थ्यो । प्राथमिकता किटान गर्नुपर्थ्यो । उत्पादन ताकेर वृद्धिदरको लक्ष्य राख्नुपर्छ । तर, कुनैपनि योजनाको आधार नै छैन ।’
प्रदेश र स्थानीय सरकारलाई बजेटले प्राथमिकता दिन नसकेको भन्दै उनले अपत्ति जनाए ।
प्रतिक्रिया दिनुहोस्