
आर्थिक वर्ष २०७५/०७६ को बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइँदै आएको कर हटाएकोमा सर्वसाधारणले खुसी व्यक्त गरेका छन् ।
उनीहरुले बजेटमा घोषणा गरेका कार्यक्रमहरुको कार्यान्वयन पक्ष पनि बलियो भएमा अझ राम्रो हुने बताएका छन् ।
कतिपयले बजेटले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको प्रतिक्रिया पनि दिएका छन् ।
भूकम्पपीडितहरुले अझैपनि पूरा रकम नपाएको र यसअघिका बजेटहरुको कार्यान्वयन पनि फितलो देखेकाहरु भने त्यत्ति ठूलो परिवर्तन आउनेमा शंका व्यक्त गर्दछन् ।
वृद्धवृद्धाहरुका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम, प्रमाणपत्र राखेर ऋण दिनेजस्ता विषयलाई पनि सर्वसाधारणले सकारात्मकरुपमा लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्