नेपालले भने आफ्ना नागरिकले प्रयोग गर्ने मेसिन रिडेबल पासपोर्ट छपाइको जिम्मा नै विदेशी कम्पनीलाई दिएको छ ।
नेपालीहरुले प्रयोग गर्ने मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को छपाइ फ्रान्सेली कम्पनी ओबरथरले गर्दै आएको छ ।
सन् २०१० मा तत्कालीन सरकारले ओबरथरलाई ७० लाख पासपोर्ट छाप्ने जिम्मा दिएको थियो ।
विदेशी कम्पनीलाई पासपोर्ट छाप्ने जिम्मा दिँदा नागरिकका गोप्यता विदेशीको हातमा पुग्ने तर्क पनि गरिँदै आएको छ ।
तर, राहदानी विभागका महानिर्देशक रामकाजी खड्काको भनाइअनुसार सम्पूर्ण नेपालीहरुको पासपोर्टको डाटा नेपाल सरकारको मातहतमा आइसकेको छ ।
कुल ७० लाख पासपोर्टको सम्झौता भएकोमा अहिलेसम्म ५५ लाख पासपोर्ट ‘गभर्मेन्ट इन्टिग्रेटेड डाटा सेन्टर’मा आइसकेको छ भने ७० लाख पुग्न अझै दुई वर्ष लाग्नेछ ।
हाल एउटा डाटा नेपाल सरकारसँग सुरक्षित रहेको र अर्कोचाहिँ ‘रियल टाइम ब्याकअप सेन्टर’सँग रहेको छ ।
त्यसैले नेपालको सबै डाटा विदेशीको हातमा पुग्यो भन्नु गलत बुझाइ रहेको उनले बताए ।
नेपालसँग एमआरपी पासपोर्ट छाप्नसक्ने सुरक्षित मुद्रणको व्यवस्था छैन । जसले गर्दा पासपार्टजस्तो अतिसंवेदनशील कागजात लागि पनि विदेशीको मुख ताक्नुपर्ने स्थिति छ ।
ओबरथर कम्पनीसँग भएको सम्झौता नसकिएकाले सबै व्यवस्थापन उक्त कम्पनीले नै हेरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्