२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


भ्रष्टाचार गरेको पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार छु : धुर्मुस


0
Shares

बिहीबार वीर अस्पतालमै पत्रकार सम्मेलन गर्दै धुर्मुसले आफूले कुनै भ्रष्टाचार गरेको पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार भएको बताए ।

केही समययता वीर अस्पतालको सरसफाइ र रङरोगनमा लागेका धुर्मुसले आफूले सर्वसाधारणसँग एक पैसा नमागेको बरु सर्वसाधारण आफैं आएर पैसा दिएको बताए ।

धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्षसमेत रहेका धुर्मुसले वीर अस्पतालको सरसफाइका लागि हालसम्म १४ लाख ६४ हजार ८३५ रुपैयाँ उठेको तर खर्च भने ४८ लाख ६४ हजार ३४४ रुपैयाँ भइसकेको जानकारी पनि दिए ।

पत्रकार सम्मेलनमा उपस्थित स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सर्वसाधारणबाट चन्दा उठाएर वीर अस्पतालको सरसफाइ गर्नुपर्ने अवस्था किन आइपर्‍यो ? भन्ने प्रश्नको जवाफ भने दिन सकिनन् ।

उनले वीर अस्पतालमा डिजिटल प्रणालीबाट काम गराएर देशको नमुना अस्पाल बनाउने भन्दै कुरा मोडिन् ।

सो अवसरमा राष्ट्रिय चिकित्सा विज्ञान प्रष्ठिानका उपकुलपति डा. गणेश गुरुङले सरसफाइ र रङरोगनमा अस्पतालले पैसा नदिएको स्पस्ट पारे ।