२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कांग्रेसलाई पुरानै अवस्थामा पुर्‍याएरमात्र विश्राम लिन्छु : देउवा


0
Shares

कांग्रेस कास्कीले बिहीबार पोखरामा आयोजना गरेको जिल्ला सम्मेलनमा देउवाले एकपटक चुनाव हार्दैमा निराश हुनु नपर्ने र आगामी चुनावमा कांग्रेस विजयी हुने आश्वासन दिए ।

आफ्नै कारणले चुनावमा पराजित भएको बताउँदै देउवाले पार्टीलाई अब एक ढिक्कामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कम्युनिस्टहरु संसदीय पद्धतिमा आएको बताउँदै पार्टीले चुनाव हारेपनि सिद्धान्तले जितेको देउवाको दाबी थियो ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले प्रतिपक्षलाई बेवास्ता गर्दै अधिनायकवाद लाद्न खोेजेको आरोप लगाए ।

सम्मेलनको दोस्रो दिन शुक्रबार जिल्ला कार्यसमिति कास्कीको तर्फबाट राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेस गरिने कार्यक्रम छ ।