२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


संघीय फोरमले मन्त्रीको नाम टुंग्याउन सकेन


0
Shares

मन्त्रालयको टुंगो लागे पनि मन्त्रीका आकांक्षी बढेपछि समाजवादी फोरमलाई सकस भएको छ ।

मन्त्रीको विषय टुंगो लगाउन बुधबार पार्टीको आन्तरिक बैठक र छलफलबाट पनि निष्कर्ष निक्लिएन ।

बिहीबार पनि अनौपचारिक तवरका छलफल भएपनि अझैसम्म टुंगो लागेको छैन ।

पार्टी अध्यक्षले थप परामर्श गरेर चाँडोभन्दा चाँडो मन्त्रीको नाम टुंग्याउने सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

‘मन्त्रालय टुंगिएपनि मन्त्रीको नाम टुंगो लागेको छैन । अध्यक्षले प्रधानमन्त्रीसँग छलफल गरेर नाम तय गर्नुहुनेछ, त्यो जिम्मेवारी पार्टीले उहाँ (अध्यक्ष) लाई नै दिएको छ’–उनले भने ।

दुईबुँदे सम्झौता गर्दै वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारमा सहभागी हुने फोरमले केहीदिनअघि निर्णय गरेको थियो । उसले सहरी विकास र स्वास्थ्य मन्त्रालय पाएको छ ।

यसैबीच, समाजवादी फोरमले बजेटको समीक्षा गर्दै बजेट समग्रमा सकारात्मक भनेको छ ।

फोरमको कार्यसम्पादन समिति र सांसदसहितको बैठकले बजेटबारे छलफल गर्दै यस्तो धारणा बनाएको हो ।

फोरमको अर्थ, अनुसन्धान तथा योजना विभागले बजेट समीक्षा कार्यक्रम गरेको थियो । रासस